Rule 55
निरीक्षण प्रतिवेदनमा खुलाउनु पर्ने विवरण
: निरीक्षक वा कार्यालयको कर्मचारीले ऐनको दफा ९८ बमोजिम पेश गर्ने प्रतिवेदनमा देहायको विवरण खुलाउनु पर्नेछः
(क) प्रतिष्ठान वा कार्यस्थलको विवरण,
(ख) प्रतिष्ठानमा कार्यरत श्रमिकको विवरण,
(ग) प्रतिष्ठानको कामको प्रकृति तथा भौतिक पूर्वाधार,
(घ) ऐन र यस नियमावली बमोजिम प्रतिष्ठानले गर्नु पर्ने कुनै कामको सम्बन्धमा कार्यालयले दिएको आदेश वा निर्देशन कार्यान्वयनको अवस्था,
(ङ) ऐन र यस नियमावली बमोजिम प्रतिष्ठानले गर्नु पर्ने कुनै कामको सम्बन्धमा कार्यालयले कुनै राय सुझाव दिएको भए सोको कार्यान्वयनको अवस्था,
(च) निरीक्षकले प्रतिवेदनमा खुलाउनु पर्ने भनी तोकेका अन्य आवश्यक विवरण।